Comments Add Comment

उपाधिको लागि एपीएफ र न्यू डायमण्ड भिड्ने

२७ पुस, काठमाडौं । न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ र आयोजक न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउदै उपाधि नजिक पुगेको हो । एपीएफले पुलिसलाई २७–२५, २५–९, २२–२५ र २५–२१ को सेटमा पराजित गर्न सफल भयो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले पोखराको टप्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । न्यू डायमण्डले २५–१०, २५–११ र २५–२१ को सेटमा सहज जित निकाल्न सफल भयो ।

सेमिफाइनलमा पराजित पुलिस र टप्सले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । शनिबार फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउने छन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment