Comments Add Comment

अब फागुन १० मा ‘प्रेमलीला’

२८ पुस, काठमाडौं । माघ २५ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘प्रेमलीला’ले आˆनो प्रदर्शन मिति परिवर्तन गरेको छ ।  यस चलचित्र फागुन १० गते रिलिज हुने भएको छ ।  चलचित्रको भिएफएक्सको काम नसिकएकाले चलचित्रलाई पछाडि सारिएको निर्माण युनिटले बताएको छ ।  वितरक कम्पनी र निर्माण टिम बिच फागुन १० मा चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती पनि भइसकेको छ ।

दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायतको मुख्य भूमिका रहेको चलचित्रको र्फस्टलुक र दुई गीत सार्वजनिक भइसकेको छ । निर्माण युनिट छिट्टै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ ।

नायिका खड्काकै कथा तथा लेखन रहेको यस चलचित्रले अन्तर्देशीय प्रेम कथा बोल्ने छ । नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा महेश खड्का, नबिन कार्की र बिराज शाहको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment