Comments Add Comment

उद्घाटन खेलमा वीरगञ्ज ११ विजयी

२८ पुस, वीरगञ्ज । दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ ।

नारायणी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वीरगञ्जले भारत कलकत्ताको साउथर्न समितिलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । पटक पटक मौका पाएको भएपनि दुवै टिमका खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment