Comments Add Comment

भारत भ्रमण सकेर फर्किए प्रधानसेनापति

२ माघ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा २७ पुसमा गएका सेनापति थापा बुधबार स्वदेश फर्किएका हुन् ।

उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गरिएको थियो ।

भारत भ्रमणका क्रममा २८ पुसमा थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान गरेका थिए ।

थापाले भ्रमणका क्रममा भारतीय सेनाको जयपुरस्थित दक्षिण–पश्चिमी कमान्ड र लखनउस्थित केन्द्रीय कमान्डको मुख्यालयको पनि निरीक्षण भ्रमण गरेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment