Comments Add Comment

शोधानान्तर घाटा खर्ब नजिक

३ माघ, काठमाडौं । देशमा भित्रने रकम भन्दा बाहिरिने रकम दिनप्रतिदिन बढ्दै जाँदा मुलुकको शोधानान्तर घाटा हालसम्मकै उच्च देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधानान्तर घाटा झण्डै खर्ब नजिक पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्था अनुसार शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा रहेको थियो । एक वर्षमै ८० अर्ब रुपैयाँ बढीले शोधानान्तर घाटामा रहेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा रहेको छ ।

यसैगरी समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ६२ करोड ३ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment