Comments Add Comment

आर्मी र हिमालयन शेर्पा विशाल गोल्डकपको फाइनमा

३ माघ, वीरगञ्ज । विभागीय टोली त्रिभूवन आर्मी क्लब, वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको नारायणी रंगशालामा बिहीबार भएको खेलमा आर्मीले झापा-११ लाई ६ को विरुद्ध १ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

आर्मीका टेकबहादर बुढाथोकीले खेल शुरु भएको दुई मिनेटमै बललाई जाली चुमाए । शुरुमै गोल गरेर हौसिएको आर्मी कै सन्तोष तामाङ्गले पहिलो हाफ कै १४ औं र २४ औं मिनेटमा गोल गरे ।

पहिलो हाफमै आर्मी ३-० ले अगाडी रहृयो । आर्मीले लगातार दवाव दिएपछि झापा-११ लाई बचाउ गर्न नै मुश्किल परिरहेको थियो ।

खेलको ७० मिनेटमा आर्मीका विवेक बस्नेतले प्रहार गरेको बल झापा-११ का दिलेन लोक्तामले बचाउ गर्न खोज्दा मिस भएर आत्मघाती गोल हुन पुग्यो ।

आर्मीका टेकबहादुर बस्नेतले ७४ औं मिनेटमा आफ्ना लागि दोस्रो र टिमका लागि पााचौ गोल गरे ।

दोस्रो हाफको ७९ औं मिनेटमा झापा-११ का लागि आशिष चापागाइँ ले गोल गरेर खेलमा र्फकने प्रयास गरेको भएपनि त्यसो हुन सकेन ।

आर्मीका विवेक बस्नेतले ८८ औं मिनेटमा जवाफी गोल फर्काए । आर्मी ६-१ को फराकिलो जीत निकाल्न सफल भयो ।

आर्मीका सन्तोष तामाङ्ग म्यान अफ दी म्याच घोषित भए । उनले नगद पााच हजार सहित ट्राफि पाए । प्रतियोगिताको फाईनल खेल माघ ५ गते शनिबार हुनेछ ।

उपाधिका लागि आर्मी र हिमालयन शेर्पा भिड्ने भएका छन् । हिमालयन शेर्पा आयोजक वीरगञ्ज-११ लाई पराजित गरेर फाईनलमा पुगेको थिए ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पााच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुआत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment