+
+

भूकम्पबाट विस्थापित सिन्धुपाल्चोकका दलित समुदाय पुनर्निर्माणमा व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ६ गते १०:५९

६ माघ, सिन्धुपाल्चोक । भूकम्पले सिन्धुपाल्चोकका राज विकको घर मात्रै भत्किएन, कहिल्यै फर्कन नमिल्ने गरी पहिरोसमेत गयो । भूकम्पले उठिबास बनाएपछि बाह्रबीसेनजिकै खुर्सानीबारीको कान्लेमा बस्दै आएका उनले बल्ल ओत लाग्ने घर बनाउन थालेका छन् ।

राज मात्रै होइन, भूकम्पबाट विस्थापित खुर्सानीबारीस्थित अरुको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका १७ दलित परिवार पुनर्निर्माणमा व्यस्त छन् ।

ऋण–धन गरेर जसोतसो घडेरी जोडे पनि आर्थिक अभावमा घर बनाउन नसकेर अलमलिएका दलित परिवार बाह्रबीसे नगरपालिकाको सहयोगपछि घर बनाउन जुटेका हुन् ।

बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा नगरपालिकाको सहयोगपछि दलित परिवार घर निर्माणमा जुटेको बताउँछन् । नगरपालिकाले पहिरो नियन्त्रणका लागि समेत १० लाख सहयोग गरेको शेर्पाले बताए ।

दलित समुदायका १७ घरमध्ये पाँच घर निर्माणका लागि अक्सफम र जनहित ग्रामीण सेवा समितिले सहयोग गरेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । पुननिर्माण प्राधिकरणबाट प्राप्त हुने ३ लाख बाहेक ढुवानी र अन्य आवश्यक सहयोग संस्थाले गरिरहेको शर्माको भनाइ छ ।

१७ मध्ये पाँच घर पुस महिना भित्रै सकिने छ भने अन्य बाँकी घरहरु पनि यो वर्ष भित्रै निर्माण गरेर नयाँ घरमा बस्ने पीडित नयन विकले जानकारी दिए । विस्थापित भएर १७ परिवार एकै स्थानमा बस्ने भएपछि प्राधिकरणले विद्युतीकरणका लागि पोल गाडी सकेको छ भने अन्य सहयोगी संघ संस्थाहरुसँग् खानेपानी, सडकलगायतका पूर्वाधारका लागि पहल भइरहेको विकले जानकारी दिए ।

पुरानै थातथलोमा घर निर्माण गर्न चाहे पनि प्राधिकरणको सुझावपछि विकल्प रोजेको पीडित राज विकले जानकारी दिए ।

जग्गा खरिदका लागि पीडितहरुलाई सरकारले २ लाख सहयोग गरेपछि त्यही रकममा ऋणधन गरेर बढीमा ४ आना र घटीमा ३ आनासम्म जग्गा खरिद गरेका थिए ।

निर्माणाधीन घर तीन कोठाका हुनेछन् । परम्परागत पेशा गरेर जीविकोपार्जन गर्दै आएका दलितहरु घर निर्माणपछि त्यही पेसामा सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?