Comments Add Comment

परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले भन्यो- एक सय माथिका भारु नचलाउनू

Photo Credit : फाइल फाेटाे

६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा माथिका भारतीय नोटहरु नचलाउन परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र, २०७५ लाई संशोधन गर्दै २ सय, ५ सय, १ हजार र २ हजार रुपैयाँको नोट नचल्ने बताएको हो ।

५ सय र १ हजार रुपैयाँका नोट २०१६ मै भारतबाट हटाएको र नयाँ छापिएको २ सय २ हजार रुपैयाँको भारतीय नोट साथमा नराख्न, कारोबार साथै ओसारपसार समेत गर्न नहुने राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । एकसय रुपैयाँदेखि तलका नोट भने प्रचलित व्यवस्था अनुसार चल्ने राष्ट्र बैंकले बताएको छ ।

यसअघि सरकारले १ सय रुपैयाँ भन्दा माथिका नोट नचल्लने मन्त्रिपरिषद्बाट नै निर्णय गरेको थियो ।

नयाँ छापिएका नोट भारतमा मात्रै भलाउने गरी छापिएका कारण नेपालमा चलाउन नमिल्ने राष्ट्र बैंकले बताउँदै आएको छ ।

भारतीय रुपैयाँ नचल्दा नेपाल-भारत गरिरहने दुबै देशका नागरिकलाई गाह्रो पर्ने भए पछि राष्ट्र बैंकले भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीबीआई) लाई त्यसता नोट नेपालमा चलाउन दिन औपचारिक आग्रह समेत गरेको छ । तर, आरबीबीआईले राष्ट्र बैंकको पत्रको नवाफ पठाउन आनाकानी गरेको छ ।

भारतीय पक्षले नै ति नोट चलाउन तदारुकता नदेखाए पछि राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र नै संशोधन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment