+
+
Shares

सेयर बजारमा दोहोरो अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ७ गते १५:२६

७ माघ, काठमाडौं । साताको दोस्रो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १० दशमलव ८६ अंकको गिरावट आएको हो ।
यस अघि आइतबार ८ अंक भन्दा बढीले सेयर बजार ओरालो लागेको थियो । सेयर बजार १० दशमलव ८६ अंकले गिरावट आउँदा नेप्से परिसूचक १ हजार १ सय ६८ दशमलव ६ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । दिनभर भएका ११ हजार ९ सय ७५ कारोबारबाट १ सय ६६ कम्पनीका १२ लाख ६५ हजार ७ सय ८६ कित्ता सेयर कारोबार भएका छन् ।

जसअनुसार कारोबार रकम ३६ करोड ७७ लाख ६ हजार ६ सय ३८ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजना पहिलो नम्बरमा देखिएको छ । आइतबार अपर तामाकोशीको मात्रै १० करोड ९१ लाख १८ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?