Comments Add Comment

इटालियन सिरी ए : युभेन्टस ३–० ले विजयी

८ माघ, काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभोमाथि ३–० गोलअन्तरले सहज जित निकालेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले गोल गरे ।

युभेन्टसले तीन गोल गरेपनि क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५औं मिनेटमा केनको गोलसँगै युभेन्टसले दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकालेको हो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment