Comments Add Comment

मुम्बइमा सुरविना

नायिका सुरविना कार्कीलाई अहिले मुम्बइको रमझमले छपक्कै छोएको छ । बलिउडमा काम गर्नका लागि मुम्बइमा संघर्षरत सुरविना दैनिकजसो कुनै न कुनै अडिसनमा जोडिएकी हुन्छिन् । सुरविना भन्छिन्–‘बलिउडमा पाइला राख्न त्यती सहज छैन । म संघर्ष गरिरहेकी छु । हेर्दै जाउ, केही उपलब्धी पक्कै हुनेछ ।’

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् । उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment