Comments Add Comment

ढोरपाटन महिला डबल लिग भलिबलमा एपीएफको दोहोरो जित

८ माघ, काठमाडौं । विभागीय टिम एपीएफ क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा एपीएफले दोहोरो जित निकाल्ने क्रममा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) र थाहा नगरपालिका मकवानपुरलाई पराजित गरेको हो । एपीएफले आफ्नो पहिलो खेलमा सेबलाई सोझो सेटमा पराजित गर्न सफल भयो । एपीएफले सेबलाई २५-८, २५-१४ र २५-१८ को सेटमा हराएको हो ।

त्यस्तै, एपीएफले दोस्रो खेलमा पनि थाहा नगरपालिका मकवानपुरलाई सोझो सेटमा नै पराजित गर्न सफल भयो । एपीएफले थाहा नगरपालिकालाई २५-७, २५-११ र २५-१२ को सेटमा सहज जित निकालेको थियो । एपीएफको प्रतियोगितामा लगातार यो तेस्रो जित हो ।

आजै भएको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले श्रीगाँउ दाङलाई २५-८, २५-९ र २५-८ को सेटमा पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा आर्मीले पनि जित हात पारेको छ । आर्मीले सेबलाई ३१-२९, २५-१९ र २५-२० को सेटमा पराजित गरेको हो । सेबले भने आजै दुई खेलमा पराजय भोगेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १-१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६-६ हजार नगत प्रप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment