Comments Add Comment

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

८ माघ, डडेल्धुरा । डडेल्धुराका फरकफरक ठाउँमा चट्याङ लागेर मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ ।

चार घाइते भएका छन् । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–५ गनेडा गाउँकी १३ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

भुवनेश्वरी माविमा कक्षाकोठामा पढिरहेको अवस्थामा एक्कासी चट्याङ रोशनी गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उनको उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment