Comments Add Comment

४ लाख फलोअर्स भएको साम्राज्ञीको इन्स्टाग्राम ह्याक

कलाकारहरुको लोकप्रियताको मापन चलचित्रको व्यापारले मात्र हिजोआज गर्दैन । कलाकारहरु सामाजिक संजालमा कति लोकप्रिय छन् भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ । यसैले पनि सामाजिक संजालमा फ्यानसँग जोडिएर कलाकारहरु आफ्नो दैनिकी अपडेट गराइरहेका हुन्छन् ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक संजाल इन्स्टाग्राममा लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राममा करिब ४ लाखले फलो गरेका छन् । उनको यो एकाउन्ट ह्याक भएको छ । ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर पोष्ट गरेर अहिले हटाएका छन् । मंगलबारदेखि ह्याक भएको उनको यो एकाउन्ट अहिलेसम्म सुचारु भएको छैन ।

साम्राज्ञीकी आमा नेहा आरएल शाहले आफूहरु एकाउन्ट ह्याक भएकोमा अचम्मित भएको प्रतिक्रिया दिइन् । साम्राज्ञीले दैनिकजसो इन्स्टाग्राममा तस्बिर पोष्ट गर्ने गर्थिन् । उनको तस्बिरमा लाइक्स र कमेन्ट गर्ने हजारौ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment