Comments Add Comment

रोजगार बनाउन बुटवल उपमहानगरले दियो तीनसय युवालाई तालिम

९ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख यूवा इलम कार्यक्रम अन्तर्गत तीनसय बढी युवालाई इलम सिकाएको छ ।

एक परिवार एक रोजगार/स्वरोजगार अवधारणा अनुसार मेयर युवा इलम नामको नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वटै वडाका तीन सय ६५ युवाहरुलाई इलम सिकाइ प्रमाणपत्रसमेत दिएको छ ।

इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालिम लिएका दुई सय ३२ जना युवाहरुलाई बुधबार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

सीप विकास तालिम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ्ग र फेशन डिजाइन सम्बन्धी सीप सिकाइएको थियो ।

उपमहानगरपालिकाले सुरु गरेको यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्ऽहरुले सहकार्य गरेका छन् ।

तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र तालिम कम्तिमा तीन महिनाको सिकाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

सीप सिकेका युवाहरुलाई रोजगारीका लागि रोजगादाताहरुसंगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

विभिन्न विषयमा तालिम लिएका प्रशिक्षार्थीहरुले एड्भान्स तालिम पनि आवश्यक पर्ने बताएका छन् ।

युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत, अटो मेकानिक्स, जनरल मेकानिक्स, वेल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिम, तथा एसी, रेफ्रीजरेटर मर्मतलागायतका विषयमा तालिम दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment