Comments Add Comment

हरिहरको ‘शुभ लभ’ क्रिस्टिन

ज्योतिष हरिहर अधिकारीको डेब्यू चलचित्र ‘शुभ लभ’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, निशान भट्टराइको स्वर छ । निशानको स्वर र अर्जुनको संगीतले गीतलाई बलियो बनाएको छ ।

यो गीतमा चलचित्रका मुख्य दुई कलाकार हरिहर अधिकारी र नव–नायिका क्रिस्टिन पौडेललाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । कार्यक्रममा बोल्दै नव–नायक हरिहरले भने–‘मानिस भएपछि विभिन्न क्षेत्रमा कोशिश गर्नुपर्छ । मैले, चलचित्रमा आउने कोशिश गरेँ । यसले मेरो पेशालाई कुनै घाटा हुन्छ भन्ने मलाई लाग्दैन ।’ यस्तै, नव–नायिका क्रिस्टिन पौडेलले भनिन्–‘सबैको साथ र मायाले मैले सकेसम्म राम्रो काम गर्ने कोशिश गरेको छु ।’

कार्यक्रममा गायक निशानले गीतका केही पंक्ती गाएर पनि सुनाएका थिए । यस्तै, चलचित्रका संगीतकार अर्जुन पोखरेलले कलाकार हेरेर आवाज भरेको बताए । गीतमा निशान र मिना निरौलाको स्वर छ । सन्तोष बाबु लोहनीको निर्देशनमा तयार भएको चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ । प्रदिपकुमार उदय चलचित्रका प्रस्तुतकर्ता हुन् ।

चलचित्रको यो गीतलाई उत्कृष्ट बनाउने रिसुट गरिएको उदयले बताए । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment