+
+

कल बाइपासविरुद्ध सीआईबीको अपरेशन ‘भोइस फक्स’, दुई भारतीय नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ९ गते २०:२९

९ माघ, काठमाडौं । भीओआईपी प्रयोग गरेर अवैध कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अपरेशन भोइस फक्समार्फत राजस्थानका ३५ वर्षीय सुनिलकुमार र रामकरण जतलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले दिएको जानकारी अनुसार उनीहरुले काठमाडौं–२६, सामाखुशीमा नवराजविक्रम कुँवरको घरको कोठा भाडामा लिएर अवैध भीओआईपी सञ्चालन गरिरहेका थिए ।

उनीहरूको साथबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सीम कार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको जनाइएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले चीनमार्फत अन्तर्राष्ट्रिय भीओआईपी कल भित्र्याउने गरेका थिए । भारतबाट उपकरणहरु ल्याइ उनीहरुले सीमकार्ड लिएर अनलाइनमार्फत कोठा भाडामा लिने गरेका थिए । अधिकारीहरुका अनुसार उनीहरुमध्े एक जनाले भारतमा रहेर प्रविधिक सहयोग गर्ने गरेका थिए भने ३ महिना नेपालमा बसेर कल बाइपासको धन्दा चलाउने गरेका थिए ।

पक्राउ परेका दुई जनामाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

कल बाइपासको जालोः मुख्य नाइके विदेशमा, एजेन्ट खोरमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?