Comments Add Comment

टिपरको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

१० माघ, बुटवल । रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपर र लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अन्दाजी २३ वर्षीय युवकको ज्यान गएको हो ।

देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिनाइ भएको प्रहरी भनाइ छ । पोस्टमार्टमका लागि शवलाई बुटवलको लुम्बनी अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment