+
+

अछाममा चट्याङले एकै गाउँका १७ घाइते, आठजना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते १२:५३

१० माघ, अछाम । पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोलाको काटियाँ भन्ने ठाउँमा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा परेको चट्याङ ले एकै टोलका १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाक पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर रहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

यस्तै सोही चट्याङबाट सामान्य घाइतेमा २२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीया दिपु कामी, ५० वर्षकी मना कामी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीको टोली गएपछि थप उपचारका बारेमा टुंगो लाग्ने वडा अध्यक्ष गोविन्दबहादुर रावलले बताए । धेरैका हाटखुट्टा र शरीर नचलेको र टाउको र शरीरमा चोट रहेको उनले बताए ।

बासुकी अधारभूत विद्यालय नजिक परेको चट्याङको झिल्का नजिकै रहेका पाँच/छ घरमा परेपछि घाइते भएको उक्त वडाका अध्यक्ष रावलले जानकारी दिए ।

धना र भावनाको घरको दक्षिणतिरको ढोकामा क्षति भएको छ भने गोरे कामीको एउटा गाइको मृत्यु हुनुका साथै घरको ढोकामा क्षति भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बेलुकी परेको चट्याङले घाइते भएकी बान्नीगढी-जयगढ गाउँपालिका-५ कालिकामा मुक्तबहादुर रावलकी छोरी १४ वर्षीया राधिका रावलको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?