१० माघ, काठमाडौं । दशौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।
सिमरा रंगशालामा विहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफनाले निर्णायक गोल गरे ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्न सफल भयो । थ्रीस्टारका लागि खेलको ७१औं मिनेटमा फोडे फोफनाले गोल गरेका थिए । बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसक्दा फोडेको गोल नै निर्णायक बनेको हो ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेल शनिबार सिमरा रंगशालामा हुदैछ ।
प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4