+
+
Shares

डा. केसीलाई संसदको तागतको इतिहास पढ्न भट्टराईको आग्रह

'सांसदलाई तिमी को हौ ? भन्ने डा. केसी को हुन् ?'

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते २१:१५

१० माघ, काठमाडौं। नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको भट्टराईले आरोप लगाए।

बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास र तागतबारे अध्ययन गर्न आग्रह गरे । उनले भने, ‘डाक्टरसाब, तपाईले मेडिकल साइन्स मात्र पढ्नुभएछ। एकपटक विश्वभरका संसदका तागतको इतिहास पढ्नुस् ।’

डा. केसीले जनताबाट निर्वाचित सार्वभौम संसदका सदस्यहरुलाई तथानाम गाली गरेको भन्दै भट्टराईले भने, ‘जनताबाट निर्वाचित सांसदलाई तिमी को हौ ? भन्ने केसी को हुन् ?’

सार्वभौम संसदले राजालाई नारायणहिटी छाड्ने आदेश दिएको स्मरण गराउँदै भट्टराईले भने, ‘केसीलाई पटकपटक संसदको मानहानी गर्ने अधिकार कसले दियो ?’

नेता भट्टराईले शुक्रबार हरहालतमा संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने ठोकुवा गरे । केसीका अधिकांश जायज माग समेटिएकाले चिकित्सा शिक्षा विधेयकलाई केसीले पनि स्वागत गर्नुपर्ने भट्टराईको ठहर थियोे ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, सांसद अन्जना विसंखे, प्रा. डा. रामप्रसाद उप्रेती, डा. प्रदीप ज्ञवाली लगायतले विधेयक अविलम्ब पारित गर्नुपर्ने धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?