Comments Add Comment

यस्तो स्कुल, जहाँ प्रेम गर्नका लागि शिक्षकहरुलाई बिदा दिइन्छ

अहिलेको व्यस्त दैनिकीमा मानिसहरु सोसल मिडिया तथा कामकाजमा यतिधेरै अल्झिरहेका छन् कि व्यक्तिगत जीवनका लागि समय नै निकाल्न पाइरहेका छैनन् । जीवनको भागदौडमा धेरैले प्रेम तथा रोमान्सका लागि समय नै पाएका छैनन् । यहीँ समस्या समाधानका लागि चीनको एउटा स्कुलले अनौठो व्यवस्था सुरु गरेको छ ।

उक्त स्कुलले आफ्ना शिक्षकहरुका लागि प्रेम बिदाको प्रावधान सुरु गरेको छ । जस अनुसार अब शिक्षक शिक्षिकाहरुले प्रेम बिदा लिएर आफ्नो प्रेमी प्रेमिकासँग समय बिताउन सक्नेछन् ।

चीनको जेहिआंग सहरमा रहेको डिंगलान एक्सपेरिमेन्टल माध्यामिक विद्यालयका शिक्षकले हरेक मिहिना दुई दिन आधा–आधा दिनको छुट्टि पाउनेछन् । लभ लिभ भनिने उक्त आधा दिने बिदाको प्रावधान गत जनवरी १५ देखि सुरु भएको छ । खासगरी अविवाहित शिक्षक शिक्षिकाहरुका लागि यो प्रावधान लक्षित गरिएको छ । तर विवाहित शिक्षक शिक्षिकाहरुले पनि प्रेम बिदाको साटो परिवार बिदा लिन पाउनेछन् ।

स्कुलले लागू गरेको लभ लिभको प्रावधानको शिक्षकहरुले स्वागत गर्दै स्कुललाई धन्यवाद दिएका छन् । यस्तो बिदाले शिक्षण पेशामा रहेका अविवाहित युवक युवतीहरुलाई आफ्नो जोडी खोज्ने र जीवनमा रमाउने समय प्राप्त हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment