Comments Add Comment

घरभित्रको साजसज्जा र मानसिक स्वास्थ्यको सम्बन्ध

छटपटी, बेचैनी, औडाह । अर्थात मानसिक विकार । यसले हामीलाई प्रफुल्ल हुन दिदैन । खुसी हुन दिदैन । शान्त हुन दिदैन ।

यस किसिमको मनोदशाले शरीरमा नकारात्मक असर पार्छ । मनको विकार, जसलाई हटाउन औषधी वा शल्यक्रियाले पुग्दैन । अरु किसिमको उपचार विधी पनि ठिक हुँदैन । बरु, मानसिक विकारलाई हटाउने माध्याम हुनसक्छ हामी बस्ने र बसेको वातावरण, माहौल ।

बेचैनको यस्तो समस्यासँग जुधेको मानिसको स्वास्थमा घरको सजावटले धेरै हदसम्म प्रभाव पार्ने गर्छ । घरमा गरिएको नयाँ र सिर्जनशील सजावटले यस्तो समस्याबाट बचाउन सक्छ । घरभित्र गर्ने आकर्षक परिवर्तनले छटपटी, बेचैनी स्वत कम हुँदै जाने गर्छ । र, मानिस मानसिक रुपमा तन्दुरुस्त रहने गर्छ । यसको लागि रेसायकी इन्टीरियर्सका संस्थापक एवं डिजाइनर कुन्तल अग्रवालले बताएकी छिन् ।

खुलापन

चार पर्खालभित्र महशुसले पनि बेचैनको जन्म दिने गर्छ । त्यसैले कोठा खुला र हावा सहज ओहोरदोहोर गर्ने खालको हुन जरुरी हुन्छ । फर्निचर आइटमको बीचमा पनि खाली ठाउँ होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । यस्तो फर्निचरले कोठा वा घरको परिवेशलाई  आनन्ददायक महशुस गराउँछ ।

कोठाको एक एक कुनालाई अनावश्यक सजाएर झन्झटिलो बनाउनुहुँदैन । बरु कोठालाई यस्तो मनमोहक चीजले सजाउनुपर्छ, जसले आँखालाई शान्त र आनन्दित तुल्याँछ । र, जिन्गदगीमा काम नआउने अनावश्यक चीजलाई कोठाबाट हटाइहाल्नुपर्छ । यस्ता गतिविधिले तनालाई भगाउनको लागि निकै ठूलो भूमिका खेल्छ ।

घरभित्र विरुवा

छटपटीलाई टाढा भगाउनका लागि विरुवा र फुलको पनि महत्वपूर्ण भूमिका हुन्छ । घरभित्र उपयुक्त विरुवा लगाउँदा तनाव दुर गर्न, कार्यक्षमता बढाउन र मन प्रसन्न राख्नमा निकै ठूलो मदत पुग्छ । फुलले घर र कोठालाई सुन्दर देखाउने गर्छ । तपाईले छटमा पन विरुवाको टोकरी राख्न सक्नुहुन्छ ।

कोठाभित्रको हरियालीसँग खेलेर तपाईले तनाव कम गर्न सक्नुहुन्छ । त्यसैले घर-कोठालाई फुल, पात आदिले सजाउन सक्नुहुन्छ । यसरी कोठामा राख्ने विभिन्न खालको विरुवाहरु पाइन्छन् । आफ्नो रुचीअनुसारको विरुवा छनौट गरेर राख्न सक्नुहुन्छ ।

आरामदायी ओच्छ्यान

छटपटीलाई भगाउनका लागि विभिन्न प्रयासमध्ये पुरा र आरामदायी निद्रा पनि महत्वपूर्ण हो । यसको लागि ओच्छ्यान आरामदायी हुन जरुरी हुन्छ । जसले तपाईलाई आनन्दको महशुस गराओस् । ओछ्यान यस्तो हुनुपर्छ की जसलाई स्पर्श गर्दा सुखद अनुभुति होस् । यस्तो ओछ्यानले गहिरो निद्रा प्रदान गर्छ ।

जिन्दगीमा रङ

रङले पनि मानिसको जीवनमा महत्व राख्छ । रङअनुसार मानिसले प्रतिक्रिया देखाउने गर्छ । कतिपय मानिसका लागि रातो रङले क्रोध उत्पन्न गर्छ । कतिपय रङ भड्कीलो हुन्छन् । त्यसैले रङले हाम्रो जीवनमा निकै ठूलो प्रभाव राख्छ । त्यसैले मनलाई शान्त राख्नका लागि रातोको सट्टा हल्का रङको विकल्प छनौट गर्नुस् । यसरी छनौट  गर्ने रङ भड्किलो पनि हुनु हुँदैन ।

प्रकाश

प्रकाशमा हाम्रो अनुभुतिलाई बढाउने क्षमता हुन्छ । र, यो सकरात्मक र नकरात्मक दुवै हुन सक्छ । प्राकृतिक प्रकाश भिटामिन डीको पनि राम्रो स्रोत हो । जुन स्वास्थ्यको लागि निकै जरुरी हुन्छ । घामको किरण तनावलाई भगाउने पनि एक राम्रो उपाय हो । हालै कोठाभित्र प्रकाश भएमा सुखद र आनन्दको महशुस हुन्छ । प्रकाशले कोठालाई अकर्षक पनि देखाउने गर्छ । त्यस्तै, कोठालाई प्रकाशमय बनाउनका लागि ल्याम्प, क्यान्डिल र फेयर लाइटको पनि मदत लिन सकिन्छ, जसले महौललाई नै रोमान्टिक बनाउँछ ।

उत्साहबर्द्धक तस्वीर

कोठाको चार भित्तामा यस्तो तस्वीर टाँस्न जरुरी हुन्छ की जसले आनन्द र सुखदपनाको महशसु गरओस् । यदि तपाईको मन कुनै ल्याण्डस्केपको तस्वीरले प्रसन्न गराउँछ भने यस्ता तस्वीर टाँस्न सक्नुहुन्छ । यसरी घर र कोठामा टाँसिएका सही तस्वीरले तपाईलाई नयाँ उत्साह भर्ने काम गर्छ । बेडरुमको लागि तस्वीर छनौट गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment