+
+

सरकारको व्यवहार संसदीय मर्यादा विपरीत : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १८:०२

११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा शुक्रबार सरकारको व्यवहार संसदीय मर्यादा विपरीत भएको बताएको छ ।

सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्नु र गणितीय शक्तिको आधारमा प्रतिपक्षको आवाज निषेध गर्नु संसदीय मर्यादा विपरीत भएको राप्रपाको भनाइ छ ।

‘गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरीत हो’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विरोधकै बीच सरकारका तर्फबाट चिकित्सा शिक्षा विधेयक पेश गर्नुले मुठभेडको स्थिति देखिएको भन्दै राप्रपाले विरोध जनाएको छ ।  शुक्रबार संसदमा कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?