Comments Add Comment

बाँदर नियन्त्रणका लागि नगरपालिकाले छुट्यायो पाँच लाख !

११ माघ, मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो ।

वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नं– ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिए । बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसान बाँदरको दुःखबाटमुक्त हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment