Comments Add Comment

जन्ती बसमा करेन्ट प्रकरणः मृतक परिवारलाई प्रदेश सरकारको सहयोग

Photo Credit : घाइतेको उपचार गर्दै

१२ माघ, जनकपुरधाम । जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट लागेर मृत्यु भएकाहरुको परिवारलाई प्रदेश सरकारले एकलाख राहत दिने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोज सिंह कुशवाहाले मृतकको परिवारलाई राहत दिनुका साथै घाइतेहरुको उपचार गराउने बताए । बिद्युत करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति सरकार गम्भीर भएको भन्दै उनले तारको उचित ब्यवस्त्थापन गर्न निर्देशन दिइसकेको बताए ।

धनुषाको सबैैैला नगपालिका-४ स्थित कोठियाबलटियामा ना ५ ख १७५२ नम्बरका बसमा ११ हजार भोल्टको करेन्ट लागेर ७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएको थियो । घाइते सबैको जनकपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment