+
+

हिमपातले अवरुद्ध सुदूरपश्चिमका ७ जिल्लाको यातायात सञ्चालनमा

रासस रासस
२०७५ माघ १३ गते ८:००

१३ माघ, अमरगढी । हिमपातले शुक्रबार बेलुकीदेखि अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?