Comments Add Comment

रेसुङ्गामा हिउँ : पर्यटक बढे, स्थानीय खुसी (फोटो फिचर)

Photo Credit : अनिल खत्री/अनलाइनखबर

१३ माघ, गुल्मी । रेसुङ्गामा हिउँ परेसँगै स्थानीयवासी खुसी भएका छन् । रेसुङ्गामा हिउँमा खेल्न जाने आन्तरिक पर्यटक बढेका छन् ।

शनिबार दिनभर सयौंजना स्थानीय रेसुङ्गामा पुगेर हिउामा रमाए । शनिबार रातिपनि पानीसागै हिउँ थपिएको छ । आइतबार पनि हिउँ हेर्न र खेल्न जाने क्रम रोकिएको छैन ।

पानीसागै गुल्मीका रेसुङ्गासहित उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको छ । धेरैले समाजिक संजालमा रेसुङ्गाको हिउँसहितका तस्वीरहरु राखेर खुसी व्यक्त गरेका छन् । जसले रेसुङ्गाको प्रचारसमेत भएको स्थानीयको विश्वास छ ।

रेसुङ्गागामा परेको हिउँ तम्घास बजारबाट पनि सजिलै देख्न सकिन्छ । धेरैवर्षको अन्तरालमा रेसुङ्गामा यतिधेरै हिमपात भएको हो ।

अघिल्ला वर्षहरुमा समान्य रुपमा पर्ने गरेतापनि यसवर्ष अलिधेरै हिमपात भएको स्थानीयको भनाइ छ ।

गुल्मीको सदरमुकाम तम्घासमै झण्डै १२ वर्ष पहिले अत्याधिक मात्रमा हिमपात भएको थियो । ०६३ साल फागुनमा तम्घास बजारमा हिउँ परेको थियो । तर, रेसुङ्गामा वर्षेनी सामान्य रुपमा हिउापर्ने गरेतापनि यतिधेरै हिउँ भने नपरेको स्थानीयको बताउाछन् ।

समुन्ऽी सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिका,पर्यटकीय क्षेत्र पनि हो ।

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्व रहेको जनश्रुति छ ।

यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गाबाट अन्य समयमा पनि धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।

जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका स्थानमा पनि हिमपात भएको छ ।

उच्च ठाउँमा परेको हिमपातले नजिकैका बस्तीहरुमा जाडो बढेको छ भने तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेकोले किसानहरु खुसी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment