Comments Add Comment

महिन्द्राको एमकेयर भ्यानको उद्घाटन

१३ माघ, काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स, नेपालले एमकेयर भ्यान भित्र्याएको छ ।

ग्राहकको सेवालाई थप गुणस्तरिय बनाउनका लागि घर दैलो सेवा र तालिम प्रदान गर्ने उद्देश्यले एमकेयर भ्यान भित्र्याइएको कम्पनीले जनाएको छ ।

एमकेयर भ्यानको दुगड ब्रदर्स एन्ड सन्स प्रालिका एमडी विवेक दुगड, महिन्द्राका लागि नेपाल र भुटानका कन्ट्री हेड चैतन्य कागल्कार, महिन्द्राको स्पेर पार्ट्स हेड राजेन्द्र अभिजित, कन्ट्री सर्भिस म्यानेजर तपस पट्नायक, दुगड ब्रदर्सका हेड अफ अप्रेसन शम्भु सुवेदी र दुगड ब्रदर्सका नेपाल सर्भिस हेड सुदीप राज सुवेदीले संयुक्तरुपमा उद्घाटन गरे ।

बालाजुस्थित महिन्द्राका शोरुममा एक औपचारिक कार्यक्रमका बीच एमकेयर भ्यानको उद्घाटन गरिएको थियो ।  एमकेयर भ्यान उच्च प्रविधियुक्त उपकरणहरु जडित रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘उच्च प्रविधियुक्त उपकरणहरूसँग सुसज्जित यो भ्यान ग्राहकको सेवाको लागि आवश्यक समयमा प्राविधिक विशेषज्ञ सहितको टोली लिएर साइट पुग्नेछ’, कम्पनीले भनेको छ ।

चुनौती पुर्ण सडक स्थिति , कुशल सेवा सुविधा र पहुँच सीमा अवधीलाई विशेष ध्यानमा राख्दै एमकेयर भ्यानले ग्राहकलाई सरल सुलभ सेवाको अनुभव प्रदान गर्ने र कम डाउनटाइमको साथ छिटो सेवा प्रदान गर्ने कम्पनीको दाबी छ ।

एमकेयर भ्यानले स्थानीय वर्कशपहरुमा पनि टेक्निकल क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञद्वारा प्रविधी र उपकरणहरुको माध्यमले प्रशिक्षण दिने जनाइएको छ ।

पहिलो चरणमा एमकेयर भ्यानले २० जिल्लाका १५० जना स्थानीय प्राविधिक, २०० चालक, ५ प्राविधिक संस्थान र ग्राहकहरूको पहुँचमा पुग्ने उद्देश्य राखेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment