Comments Add Comment

कुसुमको शीरमा मिस तामाङ पोखराको ताज

१४ माघ, पोखरा । मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिएकी छन् । कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशको सर्वोत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् ।

बेस्ट पर्सनालिटी टाइटलको उपाधि पनि कुसुमले नै जितेकी छन् । उनले नगद ५० हजार, ताज, ट्रफी र प्रमाणपत्र पाइन् । म्युजिक भिडियोमा अभिनयको अवससमेत उनले प्राप्त गर्नेछिन् । उनलाई

मिस तामाङ पोखरा–२०१८ कि विजेता कविता योञ्जनले उनलाई क्राउन लगाइदिएकी थिइन् भने निर्णायक तथा पाइलट विजय लामाले पुरस्कृत गरेका थिए ।

नालामुखकी प्रिति तामाङ मिस कन्फिडेन्टको टाइटलसंगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजारसहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । रामेछापकी सजना वाइवा मिस ट्यालेन्टको टाइटलसंगै सेकेन्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पारेको जानकारी आयोजकले दिएको छ । लामा गाउँका श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसँगै भ्युवर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजारले पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ जना युवती सहभागी थिए ।

बैदाम तामाङ समाज पोखराले २८५५ औं सोनाम ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा गरेको हो । कलाकार तथा पाइलट विजय लामा, मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सह–प्रशासकीय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ निर्णायकको भूमिकामा थिए ।

समाजका अध्यक्ष ज्याक तामाङले जातीय लोकसंस्कृति, भाषा, धर्म र रीतिरिवाजलाई संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रम सहयोगी बन्दै आएको बताए । अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङले कतिपय संस्कार, संस्कृति लोप हुने अवस्थामा रहेको र त्यसको संरक्षणमा लाग्न मिस नेपाललाई आग्रह गरिन् ।

कार्यक्रममा एस के डान्स स्कुलको सांस्कृतिक नृत्य तथा पहिलो नेपाल आइडल बुद्ध लामाले गायन प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment