Comments Add Comment

सखरखण्डको सेवनले धेरै वर्ष बाँचिन्छ ?

लामो आयु बाँच्ने जापानीहरु सखरखण्ड सेवन गर्छन्

सधै जवान रहने काइदा के होला ? सदियौंदेखि मान्छेले यस विषयमा खोज-अनुसन्धान गर्दै आएको छ । हरेक देश र हरेक सभ्यतामा मान्छेहरु दीर्घकालसम्म युवा वा जवान रहने खुराक खोजिरहेका हुन्छन् । अहिले यो खोजी, जापानको ओकिनावामा केन्दि्रत भएको छ ।

अर्थात लामो समयसम्म कसरी जवान रहने भन्ने रहस्यको खोजकेन्द्र भएको छ, जापानको ओकिनावा ।

पूर्वी चीन सागरमा फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स-सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ ।

साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको कुरा त के छ भने, यहाँबा बुढापाकाहरु पट्यारलाग्दो बुढ्यौली कटाइरहेका हुँदैनन् । बरु, बुढ्यौली उमेरमा पनि उत्तिकै सक्रिय र उर्जाशिल जीवन विताइरहेका हुन्छन् । सक्रिय जीवनकै कारण हुनुपर्छ, उनीहरुको स्वास्थ्य एकदम ठिक हुन्छ । उनीहरु अरुप्रति आश्रति हुँदैनन् ।

ओकिनावामा हरेक एक लाख जनसंख्यामध्ये ६८ व्यक्ति सय बर्ष माथिका हुन्छन् । उनीहरु सयबर्ष भन्दा बढी बाँच्छन् । त्यो पनि तन्दुरुस्त र निरोगी । अमेरिकाको तुलनामा यो अनुपात तीन गुणा बढी हो ।

के हो लामो आयुको काइदा ?

ओकिनावाका वासिन्दा कसरी सय बर्षसम्म वा त्यो भन्दा बढी बाँच्छन् ? के छ यसको काइदा ? यस सम्बन्धमा वैज्ञानिकहरुले लामो समयदेखि खोज गर्दै आएका छन् । उनीहरु वंशानुगत रुपमै यति लामो आयु पो लिएर आएका हुन् कि भनेर उनीहरुको जीनको पनि परीक्षण भएको छ । साथै उनीहरु फरक खानपानले पो यति स्वास्थ्य हुन्छन् भन्ने अनुमानले उनीहरुको खानपानबारे चासो लिइएको छ ।

पछिल्लो समय ओकिनावामा मानिसहरु के खान्छन् भनेर बढी खोज भएका छन् ।

नतिजा के देखिएको छ भने, ओकिनावाका वासिन्दा खानामा प्रोटिनभन्दा बढी कार्बोहाइड्रेट लिने गरेका छन् । त्यसमा पनि धेरैभन्दा धेरै सखरखण्ड खाने गरेको पाइयो । उनीहरुलाई धेरैजसो क्यालोरी शखरखण्डबाट मिल्छ ।

सिड्नी विश्वविद्यालयका सामन्था सोलोन-बिएट पोषण र उमेर बढ्ने असरबारे अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘ओकिनावाका वासिन्दाको खाना अहिलेको अवस्थामा बढी प्रोटीन र कम कार्बोहाइड्रवाला खानपान भन्दा ठिक विपरित छ ।’

के त्यसो भए ओकिनावाका वासिन्दाले प्रेटीन कम र कार्बोहाइड्रेटयुक्त खानेकुरा बढी सेवन गरेकाले लामो आयु बाँचेका वा निरोगी भएका हुन् ?

अहिले नै यसको निचोड निकाल्न सकिदैन । तर, अहिलेसम्म भएको अध्ययनले भने यस विषयमा थप गहिरिनुपर्ने अवस्था ल्याइदिएको छ ।

कार्बोहाइड्रेटले के फाइदा ?

रिसर्चबाट थाहा लागेको छ कि धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नाले हाम्रो शरीरमा यस्ता केही प्रतिक्रिया हुन्छ, जसले उमेर बढ्ने क्रम धीमा गरिदिन्छ । साथसाथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुराले हामीलाई उमेर बढेसँगै हुने रोग जस्तो क्यान्सर, अल्जाइमर वा मुटुको रोगबाट बचाउँछ ।

यो रिसर्चको ठूलो हिस्सा ओकिनावा सेन्टेनैरियन स्टडीबाट आएको हो । यस अन्र्तगत सन् १९७५ देखि ओकिनावाका वासिन्दाको उमेर र उनीहरुको खानपानबारे अध्ययन भइरहेको छ । ओकिनावाका १ सय ५० टापुमा बस्ने सय बर्षभन्दा बढी उमेरका व्यक्तिहरु यसमा सामेल छन् । अहिलेसम्म यस अन्र्तगत एक हजार बढी मानिसको जीवनशैलीमाथि खोज अध्ययन भइसकेको छ ।

ओकिनावामा मानिस लामो उमेरसम्म बाँच्छन् । तर, उनीहरु बुढ्यौलीमा अशक्त वा अर्कामाथि आश्रति हुँदैनन् । त्यहाँ मानिसहरु बुढ्यौलीको अन्तिम चरणसम्म सक्रिय रहन्छन् ।

ओकिनावामा बुढापाकाहरु ९७ बर्षको उमेरसम्म आफ्नो सबै काम आफै गर्छन् । उमेरसँगै आउने रोगहरुले उनीहरुलाई खास असर गर्दैन । क्यान्सर, मधुमेह, डिमेन्शिया र मुटुको रोग यहाँका मानिसहरुलाई कम मात्रा हुनेगर्छ ।

जेनेटिक ज्याकपट

कतिपय वैज्ञानिकहरुले यहाँका मानिसहरु लामो समय बाँच्नुमा उनीहरुको जेनेटिक गुण रहेको फेला पारेका छन् । ओकिनावकामा मानिसहरु लामो समयसम्म बाँकी दुनियाबाट अलग रह्यो । यसले गर्दा उनीहरुको जेनेटिक प्रोफाइल फरक छ । ओकिनावाका मानिसमा एपीओई४ नामक एक जीन एकदमै कम पाइयो ।

यो जीन मुटुको रोगको लागि जिम्मेवार मानिन्छ । यसबाट अल्जाइमर पनि हुन्छ ।

ओकिनावाका वासिन्दामा एफओएक्सओ३ नामक एक जीन अक्सर पाइयो । यसले हाम्रो पाचन क्षमतालाई निकै राम्रो ढंगले नियमित गर्छ । यसले शरीरमा कोशिकाको विकासलाई पनि नियन्त्रित राख्छ । भनिन्छ, यस जीनको कारण बढ्दो उमेरको असर कम हुन्छ र क्यान्सर जस्तो रोग लाग्दैन ।

त्यसो त यहाँ मानिसहरु धुमपान कम गर्छन् । स्वास्थ्य र नियमित जीवनशैली अपनाउँछन् । सधै सक्रिय रहन्छन् । धेरैजसो मानिस खेती वा माछा मार्ने काममा व्यस्त रहन्छन् । यसबाट उनीहरुको शारीरिक व्यायाम राम्ररी हुन्छ ।

ओकिनावको समाज यस्तो छ कि मानिसहरु एकअर्कासँग निकै घनिष्ठ रुपले जोडिएका छन् । त्यसैले जीवनका अन्तिम दिनसम्म बुढापाकाहरु एक्लिदैनन् । उनीहरुको तनाव कम हुन्छ । एक्लोपनले एक दिनमा १५ चुरोट पिएको बराबर हानी हुन्छ ।

भनिन्छ, ओकिनावाका मानिसहरुको खानपानमा पनि उनीहरुको लामो आयुको राज लुकेको छ ।

एशियाका वासिन्दाले जस्तै ओकिनावाका मानिसले मूख्य भोजनको रुपमा चामललाई लिदैनन् । उनीहरु सखरखण्ड सेवन गर्छन् । सखरखण्ड यहाँ १७ औं सताब्दीमा नेदरल्यान्डबाट समुन्द्री कारोबारको माध्यामबाट पुगेको थियो । यसका साथै ओकिनावाका मानिसहरु हरियो, पहेंलो सब्जी र सोया उत्पादन पनि एकदम बढी सेवन गर्छन् ।

ओकिनावाका मानिसहरु सुँगुरको मासु, माछा र अरु किसिमको मासु पनि सेवन गर्छन्, तर यसको मात्रा एकदम कम हुन्छ ।

कुल मिलाएर ओकिनावाका परम्परागत भोजन भनेको हरियो सब्जीले भरपुर हुन्छ । यसमा सबै आवश्यक भिटामिन र खनिज हुन्छ । तर, यसमा क्यालोरी कम हुन्छ ।

के भन्छ रिसर्च ?

वैज्ञानिकहरु भन्छन् कि, कम क्यालोरीयुक्त डाइटमा ओकिनावाका वासिन्दाका लामो उमेरको राज लुकेको छ । सन् १९३० को दशकदेखि धेरै चिकित्सक वा वैज्ञानिकले यो सल्लाह दिदै आएका छन् कि, जति कम क्यालोरी खानुहुन्छ, उत्तिनै तौल नियन्त्रण हुन्छ । यसबाट तपाईंको उमेर पनि प्रभावित हुन्छ ।

यस तर्कलाई सावित गर्ने गरी बाँदरमाथि पनि प्रयोग भएको थियो । ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको पाइयो । बाँदरमाथिको यो अध्ययन २० बर्षसम्म चलेको थियो । कम क्यालोरी खाने बाँदर लामो समयसम्म जवान पनि देखिन्थ्यो । उनीहरुमा बुढ्यौलीको संकेत देखिदैनथ्यो । रौं पनि युवाअवस्थामा जस्तै चम्किलो थियो ।

मानिसमाथि त यस किसिमको अध्ययन भएको छैन । यद्यपी अमेरिकाका नेशनल इन्स्िटच्युट अफ एजिङले हालै दुई बर्षसम्म यस्तै रिसर्च गरेको थियो । कम क्यालोरी खाने वयक्तिको स्वास्थ्यबाट थाहा भयो कि, उनीहरुलाई मुटुको रोग हुने खतरा निकै कम थियो । उनीहरुको उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रित रहेको पाइयो ।

कम क्यालोरीयुक्त खानेकुरा किन यति फाइदाजनक छ ? यसको ठोस जवाफ अहिलेसम्म फेला परेको छैन । एक संभावना के छ भने यसले हाम्रो शरीरको कोशिकामा अलग किसिमको संकेत मिल्छ । हाम्रो शरीर नयाँ कोशिकाको विकासको कारण मौजुद कोशिकाको संरक्षण र त्यसको मर्मतमा बढी ध्यान दिन्छ ।

यसको अर्थ कम क्यालोरी लिनाले कोशिकामा विषाक्त तत्व कम जम्मा हुन्छ ।

सामान्था सोलोन बिएटले जनवारमाथि गरेको रिसर्चमा पायो कि, कम प्रोटीन र धेरै कार्बोहाइड्रेटयुक्त खानपानले तमाम जीवको दिमाग धेरै लामो समयसम्म जवान रहन्छ ।

कम प्रोटिनले हुन्छ फाइदा

ओकिनावा मात्र होइन, विश्वमा लामो आयु बाँच्ने अरु व्यक्तिहरुको खानपान पनि कम प्रोटिनयुक्त र बढी कार्बोहाइड्रेटयुक्त पाइयो ।

क्यालिफोर्निया युनिभर्सिटीका पोषण वैज्ञानिक कैरेन रेयान भन्छन्, जब मानिस कम प्रोटिनयुक्त खाना खान्छन्, कोशिकामा कम अमिनो एसिड मिल्छ । यसले त्यो पुरानो प्रोटिनको प्रक्रिया गर्न थाल्छ । उनी भन्छिन्, ‘यो परिवर्तनको असर उमेर बढ्नेमा पर्छ । उमेर बढ्नुको कारण कोशिकामा प्रोटिन जम्मा हुनु हो । खराब प्रोटिन जम्दै गएपछि रोग पैदा हुन्छ । जब हामी कम प्रोटिन लिन्छौं, तब खराब वा जमेको प्रोटिन सफा हुनथाल्छ । यसले गर्दा उमेर बढ्ने असर कम हुन्छ ।’

अब प्रश्न उठ्छ कि, के अब हामीले ओकिनावको डाइट लिन सुरु गर्ने ?

अहिलेसम्म वैज्ञानिकहरुले यस्तो सल्लाह दिएका छैनन् । प्रोटिन कम सेवन गर्दा शरीरलाई कम हानी हुन्छ । तर, ६५ बर्षको उमेरपछि हामीले बढी प्रोटिन खान थाल्नुपर्छ । साथै हामी बोट बिरुवा वा प्राकृतिक प्रोटिन लिन्छौं । जबकी मासु वा दुधजन्य परिकारबाट प्राप्त प्रोटिन भन्दा बनस्पतीजन्य प्रोटिन बढी फाइदाजनक छ ।

ओकिनावाका मानिसहरु सायद यसकारण लामो आयु तन्दुरुस्त हुन्छन् कि, उनीहरु फल र सब्जी बढी सेवन गर्छन् । यसका साथसाथै उनीहरुको जैविक बनावट र खानपानले उनीहरुको लामो आयुको लागि योगदान दिइरहेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment