Comments Add Comment

नेपाललाई पहिलो झड्का, विनोद आउट

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई ९ रनमा गुमाएको हो । उनलाई यूएईका कप्तान मोहम्मद नाभिदले आउट गराए ।

अहिले पाँच ओभरको खेल चलिरहँदा नेपालको स्कोर एक विकेटको क्षतिमा १९ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

सिपी रिज्वानले ४५ रन बनाए । मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाए ।

यसअघि युएईका दुई ओपनर ब्याट्सम्यान शून्य रनमै आउट भए । पहिलो विकेटको रुपमा अष्फाक अहमद शुन्य रनमै आउट भएका थिए । त्यस्तै, चिराग सुरी पनि शून्य रनमै आउट भएपछि युएई दबाबमा आएको थियो ।

नेपालका लागि कप्तान पारस खड्का र करण केसीले दुई-दुई विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment