+
+
Shares

पारसको रेकर्डः एकदिवसीय शतक हान्ने पहिलो नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते २०:१०

१४ माघ, काठमाडौं । कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । ।

युएईविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय म्याचमा नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा पारसले ११५ रन बनाए । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका थिए ।

५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो ।

कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कप्तान पारसले ६९ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?