+

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेशले सुदूरपश्चिमलाई हरायो

२०८३ मंसिर  ८ गते २१:०३ २०८३ मंसिर ८ गते २१:०३

८ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।

सुदूरपश्चिमलाई १-० गोलअन्तरले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारितभन्दा समय घटाइएको थियो ।

मधेश र सुदूरपश्चिमको खेल ३५–३५ मिनेटमा झारिएको थियो ।

यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

यसैबीच बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय