७ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबका पौडीबाट मायोन श्रेष्ठले जितेका छन् ।
बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको पौडी स्पर्धमा पुलिसका मायोनले पुरुष १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका हुन् ।
उनले निर्धारित दूरी १७ मिनेट ४८.६१ सेकेण्डमा पुरा गरे । यस्तै सुदूरपश्चिम प्रदेशका अथर्व सिंहले १८ मिनेट ०६.९४ सेकेण्डसहित रजत र पुलिस क्लबकै रचित बुढाथोकीले १९ मिनेट ५५.६० सेकेण्ड समयसहित कांस्य जिते ।
दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन कर्णाली प्रदेशमा मंसिर १६ गते हुने भएपनि पौडी लगायत खेलको प्रतिस्पर्धा भने मंगलबार देखि सुरु भएको हो ।
प्रतिक्रिया 4