+

कप्तान पारस प्लेयर अफ द सिरिज घोषित

२०७५ माघ  १४ गते १९:३६ २०७५ माघ १४ गते १९:३६
कप्तान पारस प्लेयर अफ द सिरिज घोषित

१४ माघ, काठमाडौं । कप्तान पारस खड्का युएई विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

युएई विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्दै नेपाललाई जित दिलाएका कप्तान प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ रन बनाए । सिरिजमा उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बने । उनले पहिलो खेलमा २० रन बनाएका थिए भने दोस्रो खेलमा २१ रन बनाएका थिए । अन्तिम खेलमा भने ११५ रन बनाउँदै शतक प्रहार गरेका थिए ।

बलिङतर्फ पनि कप्तान पारस जमे । उनले चार विकेट लिए ।

यो पनि पढ्नुहोस् : नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय