Comments Add Comment

जिउ अग्लो भएका कारण जसले बेहुली पाएनन्…

जिउ सबैभन्दा अग्लो हुँदा कहिलेकाहीँ कीर्तिमानको पगरी त गुथिएला तर व्यक्तिगत जीवनचाहिँ भताभुङ्ग हुँदो रहेछ ।

पाकिस्तानका सबैभन्दा अग्लो व्यक्ति जिया राशिदका लागि आफ्नो कद अभिशाप बनेको छ । किनकि पूरै पाकिस्तानभर उनका लागि सुहाउँदो कद भएकी बेहुली फेला पार्न सकिएको छैन । जसका कारण उनको बिहे नै हुन सकेन । कद मिल्ने जोडी नपाएर कुमार बस्नुपर्दा राशिद निकै चिन्तित छन् ।

मुल्तानमा बस्ने २३ वर्षका राशिद पूरै पाकिस्तानभर सेलिब्रेटीको रुपमा चर्चित छन् । विभिन्न समारोहमा उनलाई बोलाइन्छ । कम्पनीहरुले आफ्ना कार्यक्रमहरुमा समेत उनलाई निम्तो दिन्छन् । तर जब बिहेका लागि केटी माग्न उनी कुनै घर जान्छन् सबैले उनको प्रस्ताव अस्वीकार गरिरहेका छन् । बिहे नहुँदा उनलाई मात्र होइन उनको परिवारलाई पनि दुःख लागेको छ ।

राशिदको उचाइ ८ फिट छ । उनी विश्वका सबैभन्दा अग्लो व्यक्तिभन्दा जम्मा ३ इन्च मात्र होचो छन् ।

राशिदको लम्बाइका कारण न त बजारमा उनलाई मिल्ने जुत्ता पाइन्छ, न त लत्ता कपडा । उनका लागि सबै चिजहरु कम्पनीमै अर्डर गरी मगाइन्छ, कराँची बाट ।

राशिदको उमेर १० वर्षको हुँदाबाट उनको जिउको कद अस्वाभाविक रुपमा बढ्न थालेको थियो । त्यस समय उनी शरीरमा क्याल्सियमको अल्पताबाट ग्रसित थिए ।

स्मरणरहोस् विश्वका सबैभन्दा अग्लो कदका व्यक्ति टर्कीका सुल्तान कोसेन हुन् । पेसाले किसान रहेका सुल्तानको उचाइ ८ फिट २.८२ इन्च रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment