Comments Add Comment

३ दिनसम्म मौसममा बदली, पानी पर्ने सम्भावना

Photo Credit : फाइल तस्वीर

१५ माघ, काठमाडौं । देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ । पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको प्रक्षेपण छ ।

मौसमविद गंगा नगरकोटीले भनिन्, ‘पूर्व र मध्यको आइसोलेटेड ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । भोलि सुदूरपश्चिम क्षेत्रमा पानी पर्न सक्छ ।’

मंगलबार काठमाडौंमा पानी पर्ने सम्भावना छैन ।

महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएअनुसार मंगलबारजस्तै बुधबार पनि मौसम धुम्म रहने छ । बुधबार दिउँसो र राति पनि देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भागमा आंशिक बदली यथावत रहनेछ ।

बुधबार पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भेगका उच्च हिमाली क्षेत्रहरुमा त हल्कादेखि मध्यम खालको हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।

बिहीबार देशका केही स्थानमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment