Comments Add Comment

सांसद श्रेष्ठको तलब सामाजिक संस्थालाई हस्तान्तरण

१५ माघ,तनहुँ । तनहु १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सामाजिक संस्थालाई हस्तान्तरण गरेका छन् ।

उनले हरेक महिना एक एक संस्थालाई तलब बापतको रकम सामाजिक काममा उपलब्ध गराउदै आएका छन् ।

सांसद भए बापतको तलब जिल्लाका विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउने चुनावी प्रतिबद्धता बमोजिम श्रेष्ठले दुई पछिल्लो दुई महिनाको तलब भानु नगरपालिकास्थित सिद्धबाबा युवा क्लब र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् तनहुँलाई प्रदान गरेका हुन् ।

दुवै संस्थाको रकम सांसद श्रेष्ठले क्लबका सल्लाहाकार एवं तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रगबहादुर गुरुङलाई हस्तान्तरण गरे । यसअघिको तलब अन्य संघ संस्थालाई एक एक महिनाको दरले उपलब्ध गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment