Comments Add Comment

क्रिकेट रंगशाला बनाउन सहयोग जुट्न थाल्यो, एस ट्राभल्सले तीन करोड सहयोग गर्ने

१६ माघ, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै सहयोग जुट्न थालेको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ । कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् ।

रंगशालाका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले २५ लाख दिने भएको छ । रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट ५ लाख सहयोग गर्ने भएको छ ।

वद्री पंगेनी एकलाख १ हजार १११, प्याब्सनकी दिपिका थापाले एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट एक लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १/१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

रंगशालालाई झण्डै साढे तीन करोड सहयोगको प्रतिवद्धता आएको फाउण्डेसनले जनाएको छ । रंगशालाको लागत करिब ३ अर्ब अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment