Comments Add Comment

पत्रकार महासंघ युएईका अध्यक्ष पक्राउ

१७ माघ, युएई । नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो ।

युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पक्राउ परेको बारे बुधबार जानकारी आएको छ ।’ सापकोटाका अनुसार ती चिनियाँ ग्राहकसँग लिनु पर्ने पैसा नदिएपछि सामान्य विवाद भएको थियो ।

घटनामा चिनियाँ नागरिकको कान्छी औँलामा चोट लागेको छ । पीडितले प्रहरीमा उजुरी गरेपछि त्यसबारे बुझ्न जाँदा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महासंघ पदाधिकारीले अध्यक्ष बस्यालसँग सम्पर्क गर्दा समेत आफू यूएई बाहिर रहेको बताउने गरेका थिए । बस्यालसँग दुईसाता अघि सामाजिक सञ्जालमा सम्पर्क भएको सापकोटाले बताए । त्यसयता उनीसँग महासंघ पदाधिकारीको सम्पर्क भएको छैन ।

बस्यालले यहाँ काम गर्दै आएको कम्पनी उनका दाई दिपकको हो । हाल उनी कतारमा व्यवसाय गर्दै आएको जनाइएको छ ।

हाल कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष लक्ष्मण खनाललाई दिइएको छ । व्यवसायिक कामले बाहिर जानुपर्ने कारण उल्लेख गरेर आफूलाई कार्यवहाकको जिम्मेवारी दिएको खनालले अनलाइनखबरलाई बताए ।

अध्यक्षको विषयमा बाहिर आएका घटनाका बारेमा महासंघले शुक्रबार कार्यसमितिमा छलफल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment