+
+

ब्याजदर घटाउन माग गर्दै कैलालीमा ब्यबसायी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते १५:१३

१८ माघ, कैलाली । बैंकहरुले ब्यापारीहरुबाट थाहा नदिइ चर्काे ब्याज असुल्ने गरेको भन्दै कैलालीका व्यवसायीहरुले विरोध गरेका छन् ।

व्यवसाय सन्चालनका लागि बैंकबाट व्यापारीहरुले लिने ऋणको ब्याजदर निकै चर्को भएको भन्दै व्यापारीहरु आन्दोलित भएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार बिहान धनगढीको चौराहाबाट मौन जुलुस निकालिएको थियो । जुलुस उद्योग बाणिज्य संघ परिसरमा पुगेर समापन भएको थियो ।

ब्याजदर ८ प्रतिशत कायम गर्न माग गर्दै प्ले कार्ड बोकेर व्यापारीहरु र्‍यालीमा सहभागी भएका थिए ।

कैलाली उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष पुष्पराज कुँवरले बैकहरुले व्यवसाय नहेरि मान्छे हेरेर १४ देखि १६ प्रतिशत सम्म ब्याज लिने गरेको बताए ।

उनले यसबाट व्यापारीहरु मारमा परेको भन्दै बैंकहरुलाई ब्याजदर घटाउनका लागि मौन जुलुश निकालिएको बताए ।

अध्यक्ष कुँवुरले बैकले लिने चर्को ब्याजदरकै कारण ब्यबसाय नै धरापमा पर्ने भन्दै ब्याजदर ८ प्रतिशतमा झार्न अनुरोध गरे ।

उद्योग बाणिज्इ संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले र्‍यालीपछि शुक्रबार नै ब्याजदर घटाउन माग गर्दै बैंकर्स यसोसिएसन कैलाली, नेपाल राष्ट बैंक र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

उनले पहिलो चरणमा शान्तिपूर्ण मौन विरोध र्‍याली गरिएको बताउँदै सम्बन्धित निकाय जिम्मेवार नभए शसक्त आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?