+
+

केसीको जीवनमा अप्रिय घटना भए सरकार जिम्मेवार : विवेकशील नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते १७:३६

१८ माघ, काठमाडौं । विवेकशील नेपाली दलले अनसनरत डा. गोविन्द केसीको जीवनमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी उक्त दलले सरकार केसीको अनसनप्रति संवेदनहीन भएको आरोप लगाएको छ ।

‘सरकारको असंवेदनशीलताका कारण डा. केसीको जीवनसँग सम्बन्धित कुनै अप्रिय घटना हुन पुगेमा त्यसको सम्पूर्ण जिम्मेवार प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार हुने भन्ने हाम्रो निष्कर्ष रहेको व्यहोरासमेत स्पष्ट गर्दछौं’ केन्द्रीय सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केसीको सत्याग्रह २४ दिन भइसकेको र उनको स्वास्थ्य स्थिति नाजुक भइसक्दा पनि सरकारले वार्ताद्वारा समाधान निकाल्न कुनै प्रयत्न नगरेको भन्दै विवेकशील नेपाली दलले विरोध जनाएको छ ।

‘समस्यालाई सुल्झाउने तर्फ नगई, नागरिक समाजका अगुवाहरूको बारम्बारको अनुरोध एवं संसदमा विपक्षीहरूको लगातारको विरोधका बाबजुद पनि मार्सल लगाएर बलजफ्ती चिकित्सा शिक्षा विधेयक पास गर्नेतर्फ सरकार लाग्नुले परिस्थिति थप जटिल बनाएको छ’  विज्ञप्तिमा भनिएको छ ।

केसीसँग अविलम्ब वार्ता गरी समस्याको हल खोज्न र डा. केसीको जीवन रक्षा गर्न सरकारसँग मागसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?