+
+

मार्जिन कारोबारको बाटो खुल्यो, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते १८:००
Photo Credit : फाइल फाेटाे

१८ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवारका लागि बाटो खोलिएको छ । शुक्रबार एक परिपत्र जारी गर्दै बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको हो ।

यससँगै धितोपत्र दलाल (सेयर ब्रोकर) र लगानीकर्ताले आपसी सहमतिमा ऋणको ब्याजदर तय गरी मार्जिन कारोबारगर्न सक्ने भएका छन् ।

तर, सेयर ब्रोकरले मार्जिन कारोबारसुविधा उपलब्ध गराए वापत ग्राहकसँग लिने ब्याजको दरबारे बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पूर्व जानकारी गराउनुपर्नेछ ।

मार्जिन कारोबारबारे लगानीकर्तालाई बुझाउन नेप्से स्वयंले र ब्रोकरमार्फत चेतनामूलक कार्यक्रम संचालन गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

‘धितोपत्रको मार्जिन कारोबारसुविधाका विविध पक्षहरु ब्ाारे सुसूचित नभई लगानी गरेमा मार्जिन कारोबारजोखिमपूर्ण हुने हुँदा यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने व्यवस्था मिलाउने’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्याजदर निर्धारण गर्न ब्रोकरहरुलाई खुला छोडिदिएपनि यो सुविधाको स्वच्छ र प्रभावकारी कार्यान्वयका लागि नियमन नेप्सेले गर्नुपर्ने बोर्डले भनेको छ ।

साथै मार्जिन कारोवारको लागि ब्रोकरले लगानीलाई उपलब्ध गराउने ऋणको व्याजदरबारे कुनै अस्वाभाविक स्थिति आए बोर्डले आवश्यक हस्तक्षेप -इन्र्टभेन्सन) तथा नियमन/सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो । निर्देशिकाबमोजिम गत बैशाखमा नै नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्वन्धी कार्यविधि, २०७५’ तयार गरेको थियो । तर, व्याजदरका विषयमा राष्ट्र बैंकले चासो देखाएपछि बोर्डले होल्ड गरेर राखेको थियो ।

धितोपत्र वजारमा मार्जिन कारोबारको बाटो खुला भएसँगै धितोपत्र व्यवसायको कार्य दायरा -स्कोप अफ वर्क) विस्तार हुने बोर्डको अपेक्षा छ ।

लगानीकर्तालाई एकै ठाउँबाट कारोबारसम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास/विस्तार हुने वोर्डको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?