+
+
Shares

धितोपत्र बोर्ड नेतृत्व छनोट प्रक्रिया छिटो सक्न अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १७:२९
फाइल तस्वीर

१३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् ।

‘लामो समयसम्म धितोपत्र बोर्ड जस्तो नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो होइन,’ मन्त्री पुनले सचिव पुष्करलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्य सम्पादन गर्न थालेकामा चिन्ता समेत जनाए ।

‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पूँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ,’ पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?