Comments Add Comment

रुपमती हत्या प्रकरण : दोषीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

१९ माघ,  विराटनगर । विराटनगर महानगरपालिका ८ की ११ बर्षिय बालिका रुपमती दासको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिवार घरबाट हराएकी बलिकाको शव आइतबार बिहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो ।

बालिकाको शव भेटिएको एकसाता सम्म हत्या आरोपी सार्बजनिक नगरेको भन्दै स्थानीयबासीले प्रदर्शन गरेका हुन् । विराटनगर ८ अशोक चोकबाट सुरु भएको प्रदर्शनले विराटनगर परिक्रमा गरेको थियो ।

आन्दोलनमा उत्रिएका स्थानीयले हत्यारालाई फासीको माग गरेका छन् । घटनाका कारण गाउँमा बस्न गाह्रो भएको बताउदै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले हत्यारालाई पक्राउ नगर्दा शंका उत्पन्न भएको बताएका छन् ।

आन्दोलनमा पनि देखियो गरिबी

सामान्तय आन्दोलनकारीहरुले पिन्ट र फोटो कपी गरेको प्लेकार्ड र पम्पलेट बोकेर प्रदर्शन गरेको देख्न पाइन्छ । तर, रुपमती हत्या आरोपीलाई सार्बजनिक नगरेको भन्दै गरिएको प्रदर्शनमा स्थानीयले कार्टुनमा हातले लेखेको पम्पलेट प्रयोग गरेका थिए । विपन्न परिवारको भएका कारण केही बाहेक पप्मलेट कार्टुनमा हातले नै लेखिएको स्थानीय सद्दाम हुसेनले जानकारी दिए ।

खोला किनारमा भेटियो कपडा

विराटनगर महानगरपालिका – ८ स्थीत सिंघिया खोला किनारमा ११ बर्षिय बालिका रुपमती दासको शव भेटिएको एकसाता पछि प्रहरीले कपडा फेला पारेको छ । गत शनिवार टिभी हेर्न जाने क्रममा हराएकी बालिकाको शव आइतबार विहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो । बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले बालिकाले लगाएको स्वीटर, टाउजर र टोपी फेला पारेको हो ।

आइतबार बिहान घर नजिकै चप्पल फेला परेको थियो । हत्या आरोपमा केहीलाई नियन्त्रणमा लिएको प्रहरीले प्रमाण खोज्ने क्रममा खोला किनारमा लुकाएको अवस्थामा टाउजर र स्वीटर फेला पारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरीले हत्या आरोपमा अनुसन्धानकालागि ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment