Comments Add Comment

कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीन : महरा

Photo Credit : फाइल तस्वीर

२० माघ, दाङ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् ।

सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल कांग्रेसबाट लागिरहेका बेला महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन आग्रह गरे ।

‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’, रिपोर्टस् क्लब, दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख महराले भने, ‘प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’ चिकित्सा शिक्षाको विधेयकको विरोधमा कुनै दम नरहेकाले यसबाट पछि हट्न उनले कांग्रेसलाई सुझावसमेत दिएका छन् ।

फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्रै विमानस्थल टरिगाउँ विमानस्थलको अस्थायी इन्धन डिपो ल्याउने काममा ढिलाइ भएको बताए ।

‘अस्थायी इन्धन डिपो ल्याउने विषयमा आयल निगमसँग मन्त्री र सचिवले तोक लगाइसक्नुभएको थियो’, महराले भने, ‘तर,कर्मचारीले फाइल गायब बनाएपछि ढिलाइ भएको छ ।’ कर्मचारीले फाइल गायब गायब पारे पनि अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

सभामुख महरा आइतबार बिहान तुलसीपुरबाट काठमाडौं प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment