+
+

आर्यनलाई सारा राम्रो लाग्यो कि अनन्या ?

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते ११:१७

बलिउडमा अहिले कार्तिक आर्यनको चर्चा निकै चुलिरहेको छ । आफ्नो नयाँ चलचित्र ‘लुका चुप्पी’ प्रदर्शनको तयारीमा रहेका आर्यनको विभिन्न गसिपहरु मिडियामा आइरहेको छ । पछिल्लो समय आर्यनसँग डेट गर्न चाहानेहरुको संख्या पनि उल्लेखनिय छ । यसैमा नायिका साराअलि खान पनि पर्छिन् ।

यस्तैमा, आर्यनलाई एक फ्यानले ट्विटरमा प्रश्न गरेका छन् । फ्यानले आर्यनलाई ‘तपाईको लागि सारा अलि खान बेस्ट कि अनन्या पाण्डे ?’ यसमा आर्यनले उत्तर पनि फर्काएका छन् । आर्यनले उत्तरमा ‘जसको लागि म फेभरेट छु’ भनेर लेखेका छन् ।

आर्यन अहिले आनन्याको साथ डेट गरिरहेको खबर बाहिर आएको छ । त्यस्तै, अभिनेत्री साराअली खान पनि आर्यनसँग डेट जान मन भएको बताउँदै आएकी छिन् । तर, आर्यनले एक अन्तरवार्तामा आफू यो समय कसैसँग डेट नगरेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले म कोहीसँग डेट गरिरहेको छैन् । म पूर्ण रुपमा काममा फोकस छु । प्रेम सम्बन्धले धेरै समय खर्च गर्दिन्छ । त्यसैले मलाई त्यसमा फस्नु छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?