Comments Add Comment

‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन् ।

काठमाण्डौको कुमारी हलमा यो चलचित्र हेर्न पुगेका मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए । भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि यो चलचित्रलाई ‘राष्ट्रिय चलचित्र’ तोकिनु आवश्यक रहेको उनले सुनाए । आफू चलचित्र हेर्दा पटक–पटक रोएको भन्दै मन्त्री पण्डितले चलचित्र हेर्न यूवाहरुलाई आग्रह गरे ।

उनले कलाकार राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि चलचित्र सशक्त माध्यम भएको बताए । शुक्रबार रिलिज भएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment