२० माघ, काठमाडौं । युएईविरुद्धको टी-२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका छन् । उनी आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले आइतबार भएको अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिए ।
दोस्रो टी–२० सिरिजमा नेपाल विजयी हुँदा अविनाशले तीन विकेट लिएका थिए । उनले चार ओभर बलिङ गर्दै २० रन खर्चेर तीन विकेट लिएका थिए ।
त्यस्तै, टी – २० सिरिजको पहिलो खेलमा डेब्यू गरेका उनले उक्त खेलमा एक विकेट लिए । चार ओभर बलिङ गरेका अविनाशले ३६ रन खर्चेर एक विकेट लिएका थिए ।
अविनाशले सिरिजका सबै तीन खेलमा गरी ६ विकेट लिए । उनको इकोनोमी ७.२० रहेको छ ।
यद्यपी उनले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भने खेल्न पाएनन् ।
अविनाश यू–१९ क्रिकेट टीमका सदस्य हुन् । मिडियम फाष्ट बलर अविनाश घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण टिममा परेका थिए ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया 4